कृषकलाई व्यवसायिक बनाउन बाख्रापालन सम्बन्धी तालिम

आदर्श अनलाइन, बागलुङ
बरेङ गाउँपालिकाले नागरिकलाई व्यवसायिक बनाउन विगतदेखिनै सिप तथा तालिम प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष पनि विभिन्न किसिमका सिपमुलक तालिमहरु दिन थालेको छ । अहिले पनि गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा बाख्रापालन सम्बन्धी सिप विकास तालिम सुरु गरेको छ ।

कृषकहरुलाई व्यवसायिक बनाई पशु उत्पादनमा प्रेरित गर्ने र आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष दिलकमारी पुनले जानकारी दिनुभयो । उहाँले सुखौरा पशुपालनका लागि ठूलो संभावन बोको क्षेत्र भएको भन्दै यहाँ प्रसस्त मात्रामा घाँसपात र चरन क्षेत्र भएको हुँदा पशुपालनमा जोड दिएको बताउनुभयो ।

बरेङका अधिकांश ठाँउहरुमा पशुपालनको प्रसस्त सम्भावना रहे पनि नागरिकलाई व्यावसायिक पशुपालन तर्फ आकर्षित गरेर उत्पादनमा जोडिन चुनौति रहेको भन्दै अब आधुनिक तरिकाबाट व्यवसायमा लाग्ने प्रेरित गर्ने बताउनुभयो । दुर दराजमा बसोबास गर्ने नागरिकलाई लक्षित गरेर सञ्चालन हुने यस्ता तालिमहरुले कृषकलाई व्यवसायिकता तर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने पुनको भनाई छ ।

वडा अध्यक्ष अमर बहादुर सेर्पुजाले यस वडामा वर्षौँदेखि परम्परागत हिसाबले पशुपालन गर्दै आएको भन्दै त्यो निर्वामूखि मात्रै भएको हुँदा अब व्यवस्थित र व्यवसायिक बनाउनका लागि तामिल आवश्यक रहेको बताउनुभयो । उहाँले कृषकलाई सिप सिकाई उत्पादनसँग जोड्ने बताउनुभयो । परम्परागत शैली छोडेर आधुनिक तरिकाले पशुपालन गर्न सके प्रसस्त आम्दानी गर्न सकिने सेरपुर्जाको भनाई छ ।

तालिम १ हप्तासम्म चल्ने छ । तालिमबाट कृषकहरुले आधुनिक तरिकाले बाख्रापालन सम्बन्धी आधारभुत ज्ञान तथा सिप हासिल गर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *