रोट्रयाक्टद्वारा ४५ परिवारलाई प्राथमिक उपचार सामग्री वितरण

रोहन जि.सी, बागलुङ
रोट्रयाक्ट क्लव अफ बागलुङले आयोजनामा सुरु भएकाृ रोट्रयाक्ट सप्ताहको चौँथो दिन बुधबार प्राथमिक उपचार बक्स (फस्र्ट एड किट) वितरण तथा महिलाहरुलाई महिनाबारी सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । क्लवले चैत ५ गतेसम्मका लागि विविध कार्यक्रमका साथ सप्ताह सुरु गरेको हो ।

सात दिन सात क्षेत्र भन्ने नाराका साथ शुरु भएको सप्ताहको चौँथो दिन बुधबार प्राथमिक उपचार बाकस वितरण तथा महिलाहरुलाई महिनाबारी सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले प्रत्येक घरमा सामान्य उपचारका लागि चाहिने स्वास्थ्य साम्रगी आवश्यक रहेको बताउनुभयो । उहाँले बक्स रहँदा सामान्य चोटपटक हुँदा आफै उपचार गर्न सकिने बताउनुभयो । उहाँले समाजमा सामाजिक कार्यलाई निरन्तरता दिँदै महिलाहरुलाई सशक्त बनाउन क्लवले राम्रो काम गरेको बताउनुभयो ।

कार्यक्रममा मालिका स्वास्थ्य चौकी मालिकाका प्रमुख तथा क्लबका स्वास्थ्य संयोजक लक्ष्मण ढकालले प्राथमिक उपचार बाकस भित्र भएका औषधीको प्रयोग गर्ने तरिका बारे जानकारी गराउनु भएकोे थियो । कार्यक्रममा रोट्रयाक्ट क्लव अफ बागलुङका सदस्य अन्सिका केसीले महिलाहरुलाई महिनाबारी सम्बन्धी सहजिकरण गर्नुभएको थियो ।

सो अवसरमा रोट्रयाक्ट क्लव अफ बागलुङका ४५ घरधुरीलाई ७० वटा प्राथमिक उपचार बक्स वितरण गरिएको छ । उक्त कार्यक्रममा नव मालिका युवा क्लबको समन्वय, वेल्नेस टिम, सफल हस्पिटल प्रा. लि, क्लवको सदस्य मनिसा रायमाझी खड्काको सहयोगमा सम्पन्न भएको सप्ताहका मुल संयोजक झोकेन्द्र थापाले जानकारी दिनुभयो ।

कार्यक्रम क्लवका अध्यक्ष शिवबहादुर केसीको अध्यक्षता, क्लवका आगामी अध्यक्ष एवँ सप्ताहका मुल संयोजक झोकेन्द्र थापाको स्वागत र कार्यक्रम संयोजक तथा क्लबका सदस्य सन्तोष बोहोराको संचालनमा सम्पन्न भएको थियो ।

सप्ताह कार्यक्रम अन्र्तगत क्लबले पहिलो दिन बानपा ४ उपल्लाचौर स्थित सुस्त मनस्थिती बिद्यालयमा शैक्षिक सामाग्री, फलफुल र स्वास्थ्य प्राथमिक उपचार बाकस प्रदान कार्यक्रम गरेको छ । फागुन ३० गते किशोरीहरुलाई स्यानेटरी प्याड बनाउने तालिम, चैत १ गते मंगलवार ट्राफिक तथा लागु औषध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

चैत३ गते बिहीबार होलीसहित पर्यटन प्रवद्र्धनका लागि ट्रेकिङ, चैत ४ गते तिरुपती बालाजी मन्दिरमा चौतारी निर्माण, वृक्षारोपण, स्वागत बोर्ड व्यवस्थापन अथवा तित्याङ स्थित शिवालय मन्दिरमा डस्विन एवं धार्मिक बोर्ड व्यवस्थापन र चैत ५ गते रोटरी क्लव र पत्रकारका बिचमा फुटसलसहित समापन गरिने सप्ताहका मुल संयोजक झोकेन्द्र थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *