श्रीमती हत्या आरोपित रत्नबहादुर पक्राउ

आदर्श अनलाइन, बागलुङ
श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले एक पुरुषलाई पक्राउ गरेको छ ।

४२ वर्षीया श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१४ नमुना गाउँका ५५ वर्षीय रत्नबहादुर नेपालीलाई पक्राउ गरेको हो । बुधबार साँझ रत्नबहादुरले प्रहार गरेको ढुङ्गा टाउकोमा लाग्दा उनकी श्रीमती ४२ वर्षीया तिला नेपाली घाइते भएकी थिइन् ।

श्रीमतीलाई ढुङ्गा प्रहार गरि घाइते बनाएको भन्दै सोही साँझ स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले तिलालाई उद्धार गरि धौलागिरी अस्पताल बागलङमा उपचारको लागि ल्याएको थियो । उनको उपचारको क्रममा बिहीबार निधन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विजय भण्डारीले बताउनुभयो ।

प्रहरीले आरोपित नेपालीलाई २ गते घटनास्थलबाटै गिरफ्तार गरि अनुसन्धान अगाडी बढाएको भण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *