पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

आदर्श अनलाइन, काठमाडौं
जिल्ला अदालत, तनहुँले पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नाबालिका बलात्कारको आरोपमा अभिनेता शाह १५ फागुनदेखि तनहुँ प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो, जसका आधारमा जिल्ला अदालत नवलपुरमा बिहीबार मात्र मुद्दा दायर भएको छ ।

गत फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि दुईपटक अदालतबाट म्याद थप भइसकेको छ । तनुहँ जिल्ला अदालतले पछिल्लोपटक फागुन २२ गते शाहमाथि अनुसन्धानका लागि १२ दिनको म्याद थपको अनुमति दिएको थियो ।

यसबीचमा नवलपुरमा परेको मुद्दाको अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो । त्यसपछि तनहुँ प्रहरीले बाँकी अनुसन्धानको काम गर्न सकेको थिएन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *