अनेमसंघ काठेखोलाको अध्यक्षमा थापा

रोहन जिसी, बागलुङ
नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघ काठेखोला गाउँपालिका बागलुङको प्रथम सम्मेलन शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले सर्वसम्मत रुपमा चित्राकुमारी थापा (शारदा) को अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा कोपीला पुन, सचिवमा सरिता आचार्य गौतम, उप–सचिवमा सीता खड्का र कोषाध्यक्षमा धनमाया वि।क निर्वाचित हुनुभएको छ । सम्मेलनको उद्घाटन पछि बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज सावित्रा रानाले आगामी निर्वाचनमा एमालेलाई जिताउनका लागि महिलाहरुको सक्रिय सहभागिताका लागि आव्हान गर्नु भएको छ ।

संविधानमा महिलाको ३३ प्रतिशत सहभागिता गराउन नेतृत्वदायी भूमिका खेल्ने, राज्यका प्रमुख अंगमा महिलालाई पु¥याउने, महिला मुक्ति र समृद्धिका लागि स्पष्ट योजना सहित अगाडि बढेको एमालेलाई जिताउदा मात्रै महिला र मुुलुकको समृद्धि हुने उहाँको भनाइ थियो ।

प्रदेश सभा सदस्य समेत रहेकी रानाले देशमा अब गठबन्धनको आयु लामो नभएको र गठबन्धनसंग नेकपा एमालेको जीतका लागि कुनै पनि विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा अनेम संघ केन्द्रीय सदस्य भीमा अधिकारी र गंगा शर्मा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, अनेमसंघ प्रदेश कमिटि सदस्य लक्ष्मी बोहरा, नेकपा एमाले जिल्ला सदस्य कोपिला पुन, नेकपा एमाले काठेखोला गाँउ कमिटि अध्यक्ष डिल बहादुर कार्की, सचिव विद्यापति शर्मा, नेकपा एमाले काठेखोला ६ वडा कमिटि अध्यक्ष थानेश्वर कंडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम एमाले जिल्ला सचिवालय सदस्य तथा अनेमसंघ काठेखोला इन्चार्ज चित्रकला छन्त्यालको अध्यक्षता, नेकपा एमालेका जिल्ला सदस्य चित्रकुमारी थापाको स्वागत र एमाले जिल्ला सदस्य मिना सापकोटा कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *