शिवालय मन्दिरमा डस्विन तथा बोर्ड व्यवस्थापन

रोहन जि.सी, बागलुङ
रोट्रयाक्ट क्लव अफ बागलुङको आयोजनामा सुरु भएको रोट्रयाक्ट सप्ताहको छैँठौ दिन शुक्रबार बागलुङ नगरपालिका–९ तित्याङ स्थित शिवालय मन्दिरमा डस्विन एवं परम्परागत तथा धार्मिक हिन्दु चालचलनका वैज्ञानिक कारणहरु लेखिएको बोर्ड व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ । क्लबले चैत ५ गतेसम्मका लागि विविध कार्यक्रमका साथ सप्ताह सुरु गरेको हो ।

सात दिन सात क्षेत्र भन्ने नाराका साथ शुरु भएको सप्ताहको छैँठौ दिन शुक्रबार शिवालय मन्दिरमा डस्विन एवं बोर्ड व्यवस्थापन कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै रोटरी क्लब अफ बागलुङका निर्वतमान अध्यक्ष रोटरियन दयाराम पौडेलले धार्मिक तथा परम्परागत श्रोतहरुको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

उहाँले बोड र डस्विन रहँदा अन्य सामाजिक कार्यमा संलग्न हुनेलाई देशमा धार्मिक सम्पदामा समेत ध्यान पुराउन सकिने सन्देश दिएको बताउनुभयो । उहाँले समाजमा सामाजिक कार्यलाई मात्र नभएर धार्मिक तथा पर्यटकीय कार्यमा निरन्तरता दिँदै सबैलाई साक्षर तथा सबल बनाउन क्लवले राम्रो काम गरेको बताउनुभयो ।

कार्यक्रममा शिवालय मन्दिर व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा डस्विन र ब्यानरको लागि सृष्टि हार्डवेयर, युगल फेसन क्लेक्सन तथा क्लबको उपाध्यक्ष सुस्मिता के.सीको सहयोगमा सम्पन्न भएको सप्ताहका मुल संयोजक झोकेन्द्र थापाले जानकारी दिनुभयो ।

कार्यक्रम क्लवका अध्यक्ष शिवबहादुर केसीको अध्यक्षता, क्लवका आगामी अध्यक्ष एवँ सप्ताहका मुल संयोजक झोकेन्द्र थापाको स्वागत र कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष सौरभ के.सीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *