बानपा ६ मा एमालेको सम्पर्क कार्यलय उद्घाटन

रोहन जि.सी, बागलुङ

आसन्न स्थानीय तहको निर्वाचनले राजनीतिक दलहरुलाई चुनावी अभियानमा सक्रिय बनाएको छ । आगामी २०७९ बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई विजयी गराउन राजनीतिक दलहरुले गाउँ-गाउँमा अभियान सञ्चालन गर्न थालेका छन् ।

नेकपा एमाले बागलुङ नगरपालिका वडा नम्बर ६ ले पार्टी गतिविधिलाई तीव्र रुपमा अगाडि बढाएको छ । अन्य राजनीतिक दलहरुमा रहेका कार्यकर्तालाई एमालेमा समाहित गराउने तथा आम समुदायलाई पार्टीको पक्षमा लाग्न आव्हान गर्दै सबै वडाका टोल टोलमा कार्यक्रम शुरु भएको एमालेले जनाएको छ ।

पार्टी प्रचारलाई थप प्रभावकारी बनाउनका लागि बानपा ६ लहरेपिपल पोखराखेतमा वार्ड सम्पर्क कार्यलयको उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ । सम्पर्क कार्यालय मार्फत वडाका सबै टोलमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाइने नेकपा एमाले जिल्ला सदस्य रमण के.सी (रुद्र) ले बताउनु भयो ।

सम्पर्क कार्यालयको शुभारम्भ नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख कृष्ण बहादुर केसीले गर्नु भएको थियो । कार्यक्रममा बाेल्दै केन्द्रीय सदस्य केसीले आगामी निर्वाचनमा सहज जीत हासिल गर्ने गरी पार्टीका गतिविधि अगाडि बढेको र जनताको समर्थन बढ्दै गएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर तथा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य जनकराज पौडेल, नेकपा एमालेका निर्वतमान जिल्ला उपाध्यक्ष कृष्ण पाठक, नेकपा एमालेका जिल्ला सदस्य रमण के.सी (रुद्र) लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेकपा एमाले बागलुङ नगरपालिका ६ का अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष दिपक सापकोटाको स्वागत खिमराज सापकोटाको सञ्चालन मा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *