दलित र महिलालाई लोकसेवा पढाउदै बागलुङ नगरपालिका


आदर्श अनलाइन, बागलुङ
दलित र महिलाहरुलाई लोक सेवाप्रति आर्कषण गर्नका लागि यहाँको एक पालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन थालेको छ ।

लोक सेवामा महिला तथा दलितहरुको समान सहभागिता गराउनका लागि नगरपालिकाको सहयोगमा बागलुङ नगरका ५२ जना महिला तथा दलितहरुलाई तीन महिने लोकसेवामा तयारी कक्षा दिन शुरु गरिएको छ ।

नगरपालिकाले लक्षित वर्गहरुलाई लोकसेवामा संभावना देखाउनका लागि यो आर्थिक वर्षमा विनियोजन गरेको रु. चार लाख २० हजारबाट लोक सेवाको तयारी कक्षा सञ्चालन गर्न थालिएको छ । नगरपालिकाको सहयोगमा लक्षित बर्ग मध्येका महिला र दलितहरुलाई लोकसेवाको ट्युसन पढाउन थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“नगरपालिकाले सामाजिक उत्तरदायित्व वहन गर्नका लागि लोक सेवा तयारी कक्षा शुरु गरेको छ, जस्मा तयारी कक्षाको खर्च नगरपालिकाले व्यहोर्ने गरी कक्षा शुरु गरेका छौं” नगर प्रमुख पौडेलले भन्नुभयो “नगरपालिकाले दलितहरुका लागि तयारी कक्षा सञ्चालन खर्च ८० प्रतिशत नगरले व्यहोर्ने छ, महिलाहरुका लागि भने ५० प्रतिशत खर्च नगरले व्यहोर्ने छ ।”

अहिले ५२ महिला तथा दलितहरुका लागि लोकसेवा तयारी कक्षा स्थानीय संयोजन कर्ता हेमन्त मल्टी एजुकेशनल ट्युसन सेन्टरमा सञ्चालन गरिएको छ । अहिले २२ जना महिला र ३० दलितहरुका लागि लोक सेवा तयारी कक्षा दिन थालिएको हो ।

नगरपालिकाले लोकसेवा कक्षा सञ्चालनको दलित तर्फ ८० प्रतिशत र महिला तर्फ ५० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्न नगरपालिकाको महिला विकास शाखाका रचना आचार्यले जानकारी दिनुभयो ।
लोकसेवाको भाविश्य प्रति जागरुक गर्नका लागि महिला तथा दलितहरुलाई आकर्षण गरी लोकसेवा प्रति भोग जगाउनका लागि नगरले अभियान सञ्चालन गरेको बागलुङ नगरपालिकाका नगर शिक्षा प्रमुख धन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *