सिगानामा उत्पीडित जातिय मुक्ति समाज गठन


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–८ सिगानामा ५१ सदस्यीय उत्पीडित जातिय मुक्ति समाज गठन गरिएको छ ।
नेकपा एमाले सिगाना वडा कमिटिको आयोजनामा उत्पीडित जातिय मुक्ति सामाज सिगाना गठन भयको हो । उत्पीडित जातिय मुक्ति समाजका बागलुङ जिल्ला इन्चार्ज सुमन बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले हरि नेपालीको अध्यक्षतामा ५१ सदस्यीय उत्पीडित जातिय मुक्ति समाज गठन गरिएको हो ।

कार्यक्रममा बोेल्दै प्रमुख अतिथि सुमन बोहोराले अबको युगमा जातियरुपमा दम सहन नसक्ने भन्दै नेकपा एमालेले जातिय मुक्तिका लागि सधै लडिरहेको बताउनुभयो । कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा बानपा ८ का इन्चार्ज जित बहादुर जिसि राजन, सचिबालय सदस्य गोबिन्द प्रसाद गौतम, भु.पु सैनिक संगठन सिगाना इन्चार्ज सु पुर्ण ब कार्की, भु.पु सैनिक संगठन सिगानाका अध्यक्ष सुबेदार रत्न बहादुर खड्का युबा संघ सिगानाका उपाध्यक्ष शंकर जिसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बानपा ८ का नेकपा एमालेका अध्यक्ष लाल बहादुर थापाको अध्यक्षता, देबेन्द्र नेपालीको स्वागत र सचिब अर्जुन खड्काको सञ्चालनमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *