भातखाने डाँडामा प्रहरी चौकी स्थापना


आदर्श अनलाइन, बागलुङ
बागलुङको ताराखोला गाँउपालिकाको केन्द्रमा प्रहरी चौकीको स्थापना भएको छ । प्रहरी चौकी भातखाने डाँडा ताराखोला गाउँपालिका वडा नम्वर २ अर्गलमा स्थापना भएको छ ।

संघीय संरचना अनुसार स्थानीय सरकार स्थापना भएपछी प्रत्येक स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने कार्यलाई अगाडी बढाउदै बागलुङ जिल्लामा हालै थप ४ वटा नयाँ प्रहरी चौकी स्थापना गर्दै गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले बताउनुभयो ।
ज्ञवालीले प्रहरीले जनताको सुरक्षामा आफ्नो पहुँच बढाउने कार्य अन्र्तगत भातखाने डाँडामा प्रहरी चौकी स्थापना गरिएको बताउनुभयो ।

यस अघि बागलुङ जिल्लाको बरेङ, बागलुङको पञ्चकोट र ढोरपाटन नगरपालिका क्षेत्रमा स्थापना भएको छ । स्थापना गरिएको प्रहरी चौकी भातखाने डाँडामा ११ जनाको दरबन्दी रहेकोमा अहिले ५ जना हवल्दारको नेतृत्बमा रहने बताईएको छ । प्रहरी चौकी स्थापना भएपछि गाउँपालिकाले जग्गा व्यवस्थापनका लागि पहल गर्ने ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *