सुस्त मनःस्थिति विद्यार्थीलाई निःशुल्क दन्त शिविर

रोहन जि.सी, बागलुङ

सुस्त मनःस्थिति विद्यार्थीहरुले अध्ययन गर्दै आएको बागलुङ बिशेष बाल कक्षा प्राथमिक विद्यालय उपल्लाचौरमा आइतबार निःशुल्क दन्त शिविर सम्पन्न गरिएकोे छ । अशोक डेन्टल केयर होम बागलुङङको सहयोगमा विद्यालयका ३५ जना विद्यार्थीहरुको निःशुल्क दाँत परिक्षण गर्नुका साथै टुथब्रस, टुथपेस्ट सहयोग गरिएको छ ।

कार्यक्रममा बोल्दै डाक्टर कल्पना लिम्बुले बौद्धिक अपाङ्ग भएका बालबालिकाहरुको निःशुल्क दाँत उपचार गर्न पाँउदा खुशी लागेको बताउनुभयो । डा. लिम्बुले समाजका सबै तह र तप्काबाट अहिले फरक क्षमता भएका विद्मार्थीहरुले मात्रै पढ्दै आएको विद्यालयमा सहयोग गर्न आव्हान गर्नुभयो ।

विद्यालयका ३५ जना विद्यार्थीहरु मध्ये दाँतमा समस्या भएका विद्यार्थीलाई क्लिनिकमा रिफर गरी निःशुल्क उपचार गरिने अशोक डेन्टल केयर होमका डा. लिम्बुले जानकारी दिनुभयो । कार्यक्रममा बागलुङ बिशेष बाल कक्षा प्रावि शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रमणी सापकोटा, अशोक डेन्टल केयर होमका प्रोपाइटर अशोक कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ बिशेष बाल कक्षा प्रावि विद्मालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षक राधिकादेवी आचार्यको स्वागत तथा प्रध्यानाध्यापक युक्तजंग राजभण्डारीका संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *