धार्मीक पर्यटकीय क्षेत्र जोड्न पञ्चश्री महायज्ञ


आदर्श अनलाइन, बागलुङ

मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पगत नेतृत्वमा नयाँ वर्षका अवसरमा बागलुङ सहित धौलागिरीका तीन जिल्लामा पञ्चश्री महायज्ञ हुने भएको छ ।

महायज्ञ आयोजक समितिले आईतबार बागलुङमा पत्रकार सम्मेलन गरी मृगसरोवर कालञ्जर समाज समृद्धि महायज्ञ पर्वतको जलजला, रारायीकोट समाज समृद्धि महायज्ञ बानपा –७ र मालिका भगवती तथा गौशाला समाज समृद्धि महायज्ञ बागलुङ, सिद्धभुमि समाज समृद्धि महायज्ञ र गौश्वारा समाज समृद्धि महायज्ञ म्याग्दीमा गरिने जानकारी गराएको हो ।

पर्यटन प्रवद्धनको माध्यमबाट देशको बिकासमा सहयोग पु¥याउने उदेश्यका धौलागिरीका ५ धार्मिक तथा पर्यटकीय स्थलमा साथ एउटै तिथि मिति र मुहुर्तमा शुरु हुने गरि महायज्ञको आयोजना गरिएको स्वामी कमलनयनाचार्यको उत्तराधीकारी पंण्डित सुदर्शन बडालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस पटकका महायज्ञमा बिशेष गरी ध्यान र साधना गराईने छ । महायज्ञ नयाँ बर्ष बैशाख १ गते देखि ५ गते सम्म सञ्चालित हुने पण्डित बडालले बताउनुभयो । बैदिक कालमा बिभिन्न ऋषिमुनिहरुको तपोभुमीका रुपमा चिनिएका तिर्थस्थललाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा उजागर गर्न पञ्चश्री महायज्ञ आयोजना गरिएको बडालले बताउनुभयो । कार्यक्रमको संचालन महायज्ञ आयोजक समिति सदस्य जगन्नाथ आचार्यले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *