प्रथम पाथिभरा याङवरकको उपाधी गलकोटलाई


आदर्श अनलाइन, बागलुङ

प्रथम पाथिभरा याङवरक गाउँपालिकाको उपाधी बागलुङको गलकोट नगरपालिकाले जित्न सफल भएको छ ।

याङवरक गाउँपालिका ताप्लेजुङमा सञ्चालन भएको खुल्ला अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले उचालेको हो ।

सोमबार सम्पन्न भएको फाइनल खेलमा गलकोट नगरपालिकाले सिदिङ्वा गाउँपालिकालाई ३–१को सेटमा पराजित गर्दै उपाधी विजेता बनेको हो ।

उपाधीको लागि गलकोट नगरपालिका र सिदिङ्वा गाउँपालिका विच भएको खेलमा गलकोट नगरपालिकाले दास्रो, तेस्रो र चौथो सेटमा क्रमश २५–०८, २५–२० र २५–२० को सेटमा जित निकाल्दै विजयी भएको हो ।

सिदिङ्वा गाउँपालिकाले पहिलो सेटमा २७–२५ मा जित निकाले पनि अन्य सेटमा जित निकाल्न नसक्दा उपबिजेता बनेको हो ।

त्यस्तै तृतीय स्थानको लागि सभापोखरी गाउँपालिका सङ्खुवासभा र याङवरक गाउँपालिका ताप्लेजुङ विच भएको खेलमा सभापोखरी गाउँपालिका संखुवासभाले याङवरक गाउँपालिका ताप्लेजुङलाई पराजित गर्दै तृतीय भएको छ ।

भलिबल प्रतियोगितामा प्रथम हुने समुहले रु.५ लाख ५५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुने समुहले रु.२ लाख ५० हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाणपत्र र तृतिय हुने समुहले रु.१ लाख २५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । गलकोट एफएमबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *