बलेवामा ग्लोबल आईएमई बैंकको पहिलो शाखा

आदर्श अनलाइन, बागलुङ

ग्लोवल आईएमइ बैंकले बागलुङको बलेवामा आफ्नो सेवा बिस्तार गरेको छ । केही बर्षदेखि बलेवा क्षेत्रका सर्वसाधारणलाई काउन्टर मार्फत सेवा दिँदै आएको बैंकले सोमबार आफ्नो २८९ औं शाखा स्थापना गरिएको हो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षयक दयानिधी ज्ञावली, उद्योग बाणिज्य संघ बागलुङ र पर्वतका अध्यक्षहरुले संयुक्तरूपमा शाखाको उद्घाटन गर्नुभएको थियो । यस्तै एटीएम सेवाको समेत सुरु गरिउको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बलेवा शाखाले त्यहाँका स्थानीय वासिन्दा, किसान तथा व्यवसायीहरुलाई बैंकिङ्ग सेवाका लागि सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि शाखा स्थापना गरेको बैंकका अध्यक्ष ढकालले बताउनुभयो ।

ग्लोबल आईएमी बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो शाखा रहेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर २८९ शाखा, २५४ स्थानमा एटीएम, २७४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *