स्काउटद्वारा पोशाक वितरण


आदर्श अनलाइन, बागलुङ

नेपाल स्काउट अन्र्तगत जिल्ला स्काउट बागलुङ नगर समितिले बालमन्दिर आधारभूत विद्यालयमा स्काउट पोषाक वितरण गरेको छ ।

नेपाल स्काउट गण्डकी प्रदेशबाट प्राप्त स्काउट पोशाक एक कार्यक्रमका बीच विद्यालयमै पुगेर बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले वितरण गर्नुभएको छ । कार्यक्रममा नेपाल स्काउटको तर्फबाट ३२ जना विद्यार्थीलाई एक जोर जुता, टिसर्ट र टोपी वितरण गरिएको हो । स्काउटले सोही विद्यालयमा एक लाख ६० हजार बराबरको स्काउट पोषाक वितरण गरेको नेपाल स्काउट गण्डकीप्रदेश सदस्य हरिराम अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख जनकराज पौडेलले स्काउटले सुरक्षा र स्वंयसेवीको क्षेत्रमा पु¥याएको योगदान उदारणीय रहेको बताउनुभयो । कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलको मन्त्व्य, हरिराम अधिकारीको सञ्चालन तथा ठाकुरजंग राजभण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *