धौलागिरी क्याम्पसको १९ औं एकाइ अधिवेशन


आदर्श अनलाइन, बागलुङ
त्रिभुवन विश्वविद्यालय धौलागिरी बहुमुखी क्याम्पस बागलुङको १९ औं एकाइ अधिवेशनसम्पन्न भएको छ । अधिवेशनले ११ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । निर्वाचित सदस्यहरुले बैठक मार्फत सबैलाई कार्यविभाजन गरिने भएको छ ।

सदस्यहरूमा भक्तिराम न्यौपाने, प्रेम के. सी, कुलप्रसाद अधिकारी, शिवप्रसाद पौडेल, उदयचन्द्र चपाई, विप्लव शर्मा, डम्बर विश्वकर्मा, दिपेन्द्र जैसी, रामचन्द्र शर्मा, रामराजा कंडेल, ओमप्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै क्यापसका संचालक समिति अध्यक्ष प्रा.डा दिनबहादुर थापाले धवलागिरि बहुमुखी क्याम्पस बागलुङ देशकै उत्कृष्ट क्याम्पस मध्ये एक भएको र यस क्याम्पसको थप उन्नति, प्रगतिको लागि निर्वाचित सदस्यहरुले विशेष पहल तथा ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा रामप्रसाद उपाध्याय, पुर्व क्याम्पस प्रमुख गोविन्द प्रसाद कंडेल, सहायक क्याम्पस प्रमुख तिलक प्रसाद कंडेल, एकिकृत प्रगतिशील प्राध्यापक संगठनका गोविन्द गौतम, विभागीय प्रमुख सह प्रा.डा सुर्दशन सिलवाल, प्रगतिशील प्राध्यापक संगठनका डिल्लीराज गौतम, प्रजातान्त्रिक प्राध्यापक संघका दिपक प्रसाद कंडेल, राष्ट्रिय प्राध्यापक संगठनका दल बहाद्र थापा, कोर्स करार शिक्षकको तर्फबाट विष्णुप्रसाद चापागाईं, कर्मचारीका तर्फबाट हुमबहादुर थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम विजयराज पन्तको अध्यक्षता, शिवशरण ज्ञवालीको सन्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *