बागलुङमा छ फरार प्रतिवादी पक्राउ


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्ला प्रहरी कार्यालयले ६ जना प्रतिवादीलाई आज पक्राउ गरेको छ ।

विभिन्न मितिमा अदालतबाट कैद तथा जरिवाना तोकिएर हाल सम्म फरार सूचिमा रहेका छ जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्ला अदालतमा पेश गरेको छ ।

पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दाका बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–५ का खगेन्द्र श्रीपालीलाई पक्राउ गरेको छ । उहाँलाई रु. पाँच हजार जरिवाना सुनाइएको थियो ।

यस्तै हात हातियार तथा खरखजना मुद्दाका पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–२ का गुनविर छन्त्याल, सोही स्थानका धन बहादुर छन्त्याल, जाल बहादुर छन्त्याल, जाल प्रसाद छन्त्याल, भीम बहादुर कामी रहनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *