देशैभरका यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द

आदर्श अनलाइन, काठमाडौं
देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा आज साँझबाट बन्द गरिने भएको छ ।

यातायात व्यवस्था विभागले सर्भरमा विद्युतीय समस्या देखिएको हुँदा आज ५ बजेदेखि समाधान नभएसम्म सबै सेवा अवरुद्ध हुने सार्वजनिक रूपमा जानकारी गराएको छ ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार सर्भर नबन्दासम्म सवारी दर्ता, नवीकरण, नामसारी र कर भुक्तानीसम्बन्धी काम बन्द हुनेछन् । विभागले सवारी लाइसेन्सको अनलाइन आवेदन प्रणाली यसअघि नै बन्द गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *