शिक्षामा तीन क्षेत्रको सुधार : शिक्षामन्त्री पौडेल

आदर्श अनलाइन, बागलुङ
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकै पटकमा गर्न थालिएको बताउनुभयो । बिहीबारको गलकोटमा शुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणा सम्बन्धी तालिमको एकमुष्ट उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षा सम्बन्धी कानून तथा नीतिगत सुधारको कार्य एकै पटक गर्न थालिएको बताउनुभयो ।

उहाँले नेपालका सबै पालिकामा एक–एक वटा प्राविधिक विद्यालय स्थापना गर्ने र सातै प्रदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा पतिष्ठान (नास्ट)को अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा स्थापना गर्न थालिएको नास्टको अनुसन्धान केन्द्र बागलुङमा स्थापना गर्ने बताउनुभयो ।

विज्ञान तथा प्रविधि पत्रकारिता तालिम तथा विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणा सम्बन्धी तालिम विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समितिको आयोजनामा बागलुङको गलकोटमा दुई दिने तालिमको आयोजना गरिएको छ ।

तालिममा जिल्लाका २५ जना क्रियाशिल पत्रकार र विज्ञान विषयका १० भन्दा बढी विद्यालयका विद्यार्थीहरु सहभागी हुँने विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समितिका कार्यकारी निर्देशक डा. सनत कुमार शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *