अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, सनाखत हुन सकेन

आदर्श अनलाइन,पोखरा
पोखरामा अचेत अवस्थामा फेला परेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गहुँ गोरो वर्ण भई उचाई ५ फिट, पहेँलो रंगको टिसर्ट, हरियो रंगको लुङ्गी लगाएकी अन्दाजी ४०/४५ वर्षीया महिलालाई उपचारको लागि गण्डकी अस्पताल पोखरामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका अनुसार नवलपरासी पूर्व कावासोती तर्फ घर भई हाल पोखरा ०९ पृथ्वीचोक तर्फ बस्दै आएकी टिका राना मगर नाम बताउने महिलाको हालसम्म सनाखत हुन सकेको छैन ।

प्रहरीले मृतक महिलाका आफन्तसँग हालसम्म सम्पर्क हुन् नसकेको भन्दै मृतक महिलाका आफन्त वा चिनजानको व्यक्तिले जिल्ला प्रहरी कार्यालय, कास्की वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

बिहीबार दिउसो पोखरा ९ पृथ्वीचोक स्थित पोखरा कम्प्लेक्सको पश्चिम तर्फ सडक पेटीमा महिला अचेत अवस्थामा भेटिएकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *