सेन्चुरी बैंक काठेखोला शाखाद्वारा वित्तिय साक्षरता र डस्विन बितरण


आदर्श अनलाइन, बागलुङ

सेन्चुरी कर्मशीयल बैंक काठेखोला शाखाले ग्लोबल मनी सप्ताह अन्र्तगत विद्यार्थीलाई वित्तय साक्षरता र डस्विन वितरण गरेको छ ।

बैंकले काठेखोला गाउँपालिका स्थित भिमसेन माध्यामि विदालयका कक्षा ११ र १२ का विद्यार्थीलाई वित्तिय साक्षरता सम्बन्धी अभिमूखिकरण गरिएको छ । यस्तै बैंकले सामाजिक उत्रदायित्व अन्र्तगत सोही विद्यालयलाई फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको छ ।

बैंकले बंैक खाता सञ्चालन, वित्तिय व्यवस्थापन, बचत र ऋण संगै डिजिटल बैंकिङ विषयमा सेन्चुरी बैंक काठेखोला शाखा प्रबन्धक सुलभ प्रसाद श्रेष्ठ र शाखाका कर्मचारी बैंकुण्ठ ढुङ्गाना वित्तय साक्षरता सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।

ग्लोबर सप्ताह अन्र्तगत हरेक मुलुकका युवा युवतीहरुमा वित्तिय शिक्षाको महत्व बारेमा जागरण ल्याउने उदेश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक कार्यक्रम हो ।

यो सप्ताह सन् २०१२ देखि प्रत्येक वर्ष मार्च २१ देखि २७ गते सम्म मनाइन्छ । हाल सेन्चुरी कमर्शीयल बैंकका १२९ शाखा रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *