तित्याङका महिलालाई प्याड बनाउने तालिम


रोहन जि.सी.बागलुङ
महिलाहरुले महिनावारीमा प्रयोग गर्ने प्याड घरमै बनाउन सिकाउने उद्देश्यका साथ बागलुङ नगरपालिका वडा नं. ९ का महिलाहरुलाई एक दिने सेनेटरी प्याड बनाउने तालिम प्रदान गरिएको छ ।

बानपा–९ वडा कार्यालयको आयोजनामा महिला सशक्तिकरण तथा क्षमता विकास कार्यक्रम अन्तरगत सेनेटरी प्याड बनाउने तालिम दिइएको हो । तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले घरमै बनाउन सकिने प्याडको प्रयोगबाट महिलाको स्वास्थ्य र धन दुवै वचत हुने बताउनभुयो ।

आफै बनाउन सकिने प्याड प्रयोग गर्न सहज र स्वास्थ्यका लागि उपयोगी हुनुका साथै सस्तो पनि हुने भएकाले सबै महिलाहरुले आफ्ना लागि चाहिने प्याड आफैै बनाउनु पर्नेमा उहाको जोड थियो । महिनावारी हुने महिलाहरुले नियमित रुपमा प्रयोग गर्ने प्याडका बारेमा आम महिला दिदी बहिनीहरुलाई सचेत बनाउन सकियो भने स्वास्थ्यसंगै पैसाको बचत हुन्छ, महासंघ सञ्चालक जिसीले भन्नुभयो–‘खानपानदेखि हरेक क्षेत्रमा बाहिरबाट आउने वस्तुको प्रयोग घटाउन सकेमा आत्मनिर्भरता बढ्न सक्छ ।’

महिला सशक्तिकरण तथा क्षमता विकास कार्यक्रमका अध्यक्ष उमा खड्काको अध्यक्षता, सचिव निकञ्जु शर्माको सञ्चालन र कोषाध्यक्ष कमला खत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा महिला समुहमा आवद्ध ६० जना महिलाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्