रेशमा निःशुल्क स्वास्थ्य शिविर


आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका वडा नम्वर ७ रेशमा निःशुक आँखा परीक्षण तथा प्रजनन् स्वास्थ्य शिविर (भिआइए क्याप्प) सम्पन्न भएको छ । लायन्स क्लव अफ धौलागिरी बागलुङ, लायन्स क्लव अफ बागलुङ युनियन, नेपाल परिवार नियोजन संघ बागलुङ शाखा र काठेखोला गाउँपालिका वडा नम्वर ७ रेश वडा कार्यलयको संयुक्त आयोजनमा शिविर सम्पन्न भएको हो ।

प्रजनन् स्वास्थ्य शिविरमा ७९ जना महिलाहरुले सेवा लिएका थिए । स्टाफ नर्स आस्था केसी नेतृत्वको टोलिले सेवा दिएका थिए । त्यस्तै २ सय ५२ जनाको आँखा परीक्षण गरिएकोमा ४ जनालाई मोतिया विन्दु भएकोले यही चैत्र २६ गते धौलागिरि आँखा अस्पतालमा शल्लेक्रियाको लागि बोलाइएको छ । नेत्र सहायक गणेश महतो र सरिता शर्माले आँखा परीक्षण गरेका थिए ।

उद्घाटन कार्यक्रमा प्रमुख अथिति लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि वान नेपालका जिएमटी एरिया कोडिनेटर एमजेएफ काजिमान गुरुङ,काठेखोला गाँउपालिका वडा नम्वर ७ का वडा अध्यक्ष प्रेम लामिछाने, नेपाल परिवार नियोजन संघ बागलुङ शाखाका अध्यक्ष निर्माण कुमार श्रेष्ठ, रेश नुन्थला माध्यामिक विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापा, लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष ताल बहादुर कुँवर लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष ताल बहादुर कुँवरको अध्यक्षता, लायन्स क्लव अफ बागलुङ युनियनका अध्यक्ष बलराम गौतमको स्वागत र लायन्स क्लव अफ धौलागिरि बागलुङका सचिव राजेश भारीको संचालनमा सम्पन्न भएको थियो ।

शिविरमा नेपाल नेत्र ज्योती संघ धौलागिरि आँखा अस्पतालको प्राविधिक सहयोग र श्रीकृष्ण मेडिको कन्सर्नका प्रोप्राइटर तथा लायन्स क्लव अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष अनुप कुमार श्रेष्ठले निःशुल्क औषधी सहयोग गरेका थिए ।

यो पनि पढ्नुहोस्