वाई सि एल गलकोट नगरको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

थम्मन थापा, बागलुङ
वाई सि एल नेपालका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सह–संयोजक नरेश केसीले नेकपा माओवादी केन्द्रले लामो संघर्ष र बलिदानी पछि देशमा ल्याएको व्यवस्था र उपलब्धी उल्टाउन प्रतिगामी तत्वहरु सल्बलाई रहेको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल वाई सि एलको गलकोट नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।दलित, महिला, पिछडिएका शोषित पिडित नागरिकको हक हित र अधिकार सुनिश्चितता र संरक्षणको लागि वाई सि एलले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने केसीले उल्लेख गर्नभएको छ ।

गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, सामाजिक न्याय लगायतका एजेण्डा उल्टाउन नेकपा एमाले सहितको प्रतिगामी दक्षिणपन्थी तत्व जनतालाई चुनावको पुर्व सन्ध्यामा भ्रमको राजनिति गरिरहेको केसीले आरोप छ ।

प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य शेर बहादुर खडका, वाई सि एलका केन्द्रिय सदस्य सबिना घर्ती मगर, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती सदस्य राज बहादुर थापा, नेकपा माओवादी केन्द्र गलकोट नगर समितीका अध्यक्ष तिलक उप्रेती, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य डिल बहादुर परियार, नेकपा माओवादी केन्द्र गलकोट नगर कोषाध्यक्ष कौशीला घर्ती, गलकोट नगरपालिका वडा नं ६ का वडा सदस्य भिम बहादुर विश्वकर्माले प्रशिक्षण गर्नुृभएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ता, वाई सि एल गलकोट नगरपालिका भित्रका सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रम वाई सि एल गलकोट नगर सह संयोजक रुद्र केसीको अध्यक्षता वाई सि एल जिल्ला सदस्य राजेन्द्र श्रेष्ठको स्वागत, वाई सि एल गलकोट नगर सदस्य तिलक पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *