रोहन जि सी, बागलुङ
युवा संघ नेपाल बागलुङ नगरपालिकाको भेला आइतबार सम्पन्न भएको छ । भेलाले निकेश अधिकारीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा राजन कार्की र दिपेश गौतम, सचिवमा निरुता वि.क, कोषाध्यक्षमा मनिष परियार, सह सचिवमा विजय सापकोटा निर्वाचित हुनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बागलुङ जिल्ला कमिटि सचिव विष्णु भुषालले एमालेको जस्तै नीति सिद्धान्त लिएर हिड्ने अन्य दल नभएका दाबी गर्नुभयो ।
भुषालले आउँदो स्थानीय चुनावमा युवाहरुको महत्वपूर्ण भुमिका हुने भन्दै स्थानीय तहमा धेरै भन्दा धेरै एमालेका युवाहरु नेतृत्वमा हुने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले बागलुङ नगरपालिकाका नगर अध्यक्ष धनबहादुर परियार, युवा संघ नेपालका केन्द्रिय सदस्य तारा शर्मा, युवा संघ नेपालका पुर्व जिल्ला अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य लोकेन्द्र के.सी, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य शेखर खड्का (झलक), युवा संघ नेपाल बागलुङ जिल्ला संयोजक बुद्ध बोहोरा, युवा संघ नेपाल बागलुङ जिल्ला सचिव दिपेन्द्र रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम युवा संघ नेपाल बागलुङ नगरपालिका संयोजक निकेश अधिकारीको अध्यक्षता, प्रदिप सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।