यसरी मनाइदै छ कास्कीमा राष्ट्रिय सहकारी दिवस

साधना पन्त, पोखरा
नेपालमा सहकारीको शुरुवात भएको ऐतिहासिक दिन चैत २० गतेका दिन देशभर राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । २०१३ साल चैत २० गते पहिलो पटक सहकारी स्थापना भएको दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइन्छ । यस वर्षको सहकारी दिवस नजिकिदै गर्दा जिल्ला सहकारी संघ कास्कीले पनि विभिन्न कार्यक्रम आयोजना गरेर सहकारी दिवस मनाउने तयारी गरेको छ ।

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कास्कीमा तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी गरिएको जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले बताउनु भयो । उहाँले बिगतको वर्षहरुमा प्रभातफेरी, ¥याली, झाँकी, पञ्चे बाजा सहित जनसागर उपस्थित गरेर सहकारी दिवस मनाउने गरिएको छ । कोरोना महामारीले गर्दा २ वर्ष यता सामान्य ढंङगले दिवस मनाएको र यो वर्ष केही फरक तरिकाले मनाउन लागिएको उहाँ बताउनु भयो । सहकारीकर्मीहरुका लागि सहकारी दिवस चाड भएकाले देशभरीनै विभिन्न सकरात्मक सन्देश जाने खालका कार्यक्रम गरेर सहकारी दिवस मनाइदै गरेको कोइरालाले बताउनु भयो ।

६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ कास्कीले चैत १८ गते रक्तदान कार्यक्रम, १९ गते सामाजिक क्षेत्र, माठमन्दिर, सहकारीका कार्यालयमा सरफाई कार्यक्रम र २० गते सहकारी सचेतना मुलक अन्तक्रिया कार्यक्रम र साझ दिप प्रज्वलन गरेर सहकारी दिवस मनाउने तयारी भएको कोइरालाले बताउनु भयो ।

सहकारी दिवस मनाउनका लागि कास्की जिल्लाका सहकारीकर्मीहरुको भेलाले ७ सय १ सदस्यीय मुल समारोह समिति समेत गठन गरिएको छ ।

सहकारी दिवसका दिन आ–आफ्नो संस्थामा विभिन्न कार्यक्रम आयोजना गरेर सहकारी दिवस मनाउन संघले आव्हान गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *