संघीय निजामती ऐन जारी गर्न माग गर्दै कर्मचारी युनियनद्वारा सरकारलाई ज्ञापन पत्र

आदर्श अनलाइन, बागलुङ
नेपाल निजामती कर्मचारी युनियन बागलुङले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । युनियनले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकाल मार्फत सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देवप्रसाद आचार्य लगाएको टोली जिल्ला प्रशासनमै पुगेर प्रजिअ ढकाललाई ज्ञापन पत्र बुझाएको छ । नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा मुलुक संघीय संरचनामा गएको लामो समयसम्म पनि संघ, प्रदेश र स्थानीय तहका कर्मचारी प्रशासन व्यवस्थापन अन्योल र अस्थितरतामा रहेको र सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु दुःखद भएको उल्लेख छ ।

ज्ञापन पत्रमा मार्फत युनियनले विभिन्न समयमा पेस गरेका सुझवहरुलाई सरकारले समेटी यथाशिघ्र संघीय निजामती ऐन जारी गर्न माग गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *