दुर्घटना न्यूनिकरण गर्न टोल–टोलमा ट्राफिक सचेतना

आदर्श अनलाइन, बागलुङ
दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक कार्यालय बागलुङ र सामुदायिक सेवा केन्द्र रामरेखाको संयुक्त आयोजनामा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखाको विभिन्न टोलहरुमा ट्राफिक सचेतना कार्यक्रम गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङ प्रमुख प्रहरी नायव निरीक्षक राजकुमार केसी बताउनुभयो । उहाँले नागरिकको लापरवाहीले दुर्घटना निम्तिने भन्दै त्यसको न्यूनिकरणका लागि टोल–टोलमा पुगेर सचेतनामुलक कार्यक्रम गर्न थालिएको बताउनुभयो ।

कार्यक्रममा स्थानीयहरुलाई सडक प्रयोग गर्दा, सवारी साधान प्रयोग गर्दा र दुर्घटनाबाट बच्ने सावधानीका उपायहरु सिकाएको प्रमुख केसीले बताउनुभयो । यस्ता सचेतनामुलक कार्यक्रमहरु टोल–टोलमा गरि राख्ने उहाँको भनाई छ । कार्यक्रममा सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गाप्रसाद आचार्य, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *