बौद्धिक अपाङ्ग अध्यनरत विद्यालयमा अक्षय कोष

रोहन जि.सी, बागलुङ
राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था नेपाल बागलुङ शाखामा एकैसाथ ६ जनाले अक्षय कोष स्थापना गरी बौद्धिक अपाङ्ग अध्यनरत विद्यालयलाई मंगलबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर २ निवासी मनमाया श्रेष्ठद्वारा रु ५० हजार ५ सय ५५, विद्या खड्काद्वारा ५५ हजार ५ सय ५५, अगम पालिखेद्वारा ५० हजार ५ सय ५५, बालकृष्ण केसीद्वारा ५० हजार ५ सय ५५, निलम खड्काद्वारा ५० हजार र मायादेवी महतलद्वारा २५ हजार रुपैयाँको कोष खडा गरी बागलुङ बाल विशेष कक्षा आधारभुत विद्यालय उपल्लाचौरलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक युक्तजंङ्ग राजभण्डारीले जानकारी दिनुभयो ।

सो रकमको ब्याजबाट बौद्धिक अपांङ्ग भएका बालबालिकाको रेखदेखका लागि संरक्षणमा खर्च गरिने प्रधानाध्यापक राजभण्डारीले जानकारी दिनुभयो । सोही अवसरमा विद्यालय सरसफाईका लागि बागलुङ बाल विशेष कक्षा आधारभुत विद्यालयका शुभचिन्तक डा. कृष्ण बहादुर श्रेष्ठले १ थान भ्याकुम क्लिनर विद्यालयलाई सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको छ ।

हस्तान्तरण कार्यक्रम पछि बोल्दै उहाँले सुस्त मनस्थिति भएका बालबालिकाको हकहितको लागि सबैले सहयोगको लागि ध्यान दिनुुपर्ने बताउनुभयो । उहाँले सुस्तमनस्थितिका बालबालिकाको सुरक्षाका लागि राज्य लगायत सबै सरोकारवालाले ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठ, सल्लाहकार निर्माण कुमार श्रेष्ठ वासु, डिसीआरडिसी बागलुङका अध्यक्ष सृजना थापा मगर र आजिवन सदस्य बालकृष्ण केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहयोगदातालाई विद्यालयले सम्मान समेत गरेको थियो ।

कार्यक्रम राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्थाका अध्यक्ष मनमाया श्रेष्ठको अध्यक्षता, सचिव निरज शाक्यको संचालन र प्रधानाध्यापक युक्तजंङ्ग राजभण्डारीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *