पौडेलको शोकमा बुर्तिबाङ बजार बन्द


आदर्श अनलाइन, बागलुङ
पश्चिम क्षेत्रका व्यवसायी ऋतुवर्ण पौडेलको निधनमा आज बुर्तिबाङ बजार बन्द गरिएको छ । बागलुङ जिल्ला सदरमुकाम पछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिवाङ बजार पौडेलको निधनको शोकमा बन्द गर्ने निर्णय भएको ढोरपाटन उद्योग बाणिज्य संघका महासचिव रामु सुवेदीले जानकारी दिनुभयो ।

पौडेल उद्योग वाणिज्य संघ ढोरपाटनको उपाध्यक्ष हुनुहुन्छ । ढोरपाटनमा जिल्लाको ढोरपाटन नगरपालिका १ मा रहेको बुर्तिबाङ बजार आज बुधबार १ दिन बन्द गर्न ढोरपाटन उद्योग वाणिज्य सघंले आग्रह गरेको छ । मंगलबार साँझ निसिखोलाबाट बुर्तिवाङ तर्फ आउदै गरेको पिकअप दुर्घटनामा पौडेलको मृत्यु भएको हो ।

दुर्घटनापछि मंगलबार साझँ ढोरपाटन उद्योग वाणिज्य सघंको आकस्मिक बैठकले पौडेलको मृत्यु भएको शोकमा बजार बन्द गरेर शोक मनाउने निर्णय गरेको महासचिव सुवेदीले जानकारी दिनुभयो ।

उहाँ पूर्व स्वास्थ्यकर्मी तथा हाल नेकपा एमाले ढोरपाटन नगर कमिटिको अध्यक्ष समेत हुनुहुन्थ्यो ।उद्योग वाणिज्य संघले शोकको घडिमा बुर्तिबाङ स्थित सम्पुर्ण पसल तथा व्यबसाय बन्द गर्न आग्रह गरेको छ । पौडेलको पार्थिव शरिलाईको आज बुर्तिवाङमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *