स्थानीय सरकार र अभियान मिलेर पर्वतमा राष्ट्रिय सहकारी दिवस मनाइदै


रोहन जि.सी.बागलुङ

पर्वतमा स्थानीय सरकार र सहकारी अभियानले संयुक्त रुपमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएका छन् । कुश्मा नगरपालिकाको आयोजना र बचत तथा ऋण जिल्ला सहकारी संघ पर्वत, बहुउद्देश्यीय सहकारी संघ पर्वत, राष्ट्रिय सहकारी बैंक बागलुङ र कोअपरेटिभ म्यानजेर्स क्लव पर्वतको संयोजनमा सहकारी दिवस मनाउन लागिएको हो ।

मंगलवार कुश्मामा भएको संयुक्त वैठकले राष्ट्रिय सहकारी दिवसको दिन चैत २० गते प्रभातफेरी सहित मुल समारोह आयोजना गर्ने निर्णय भएको कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा पौडेलले जानकारी दिनुभयो । दिवसका अवसरमा सहकारीकर्मीहरुको ¥यालीले बजार परिक्रमा पछि उद्योग वाणिज्य संघको सभाहलमा मुल समारोहको तयारी भएको वचत तथा ऋण जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले जानकारी दिनुभयो ।

दिवसका अवसरमा कुश्मा नगरपालिकाले १४ वटै वडाका उत्कृष्ट सहकारी संस्था, उत्कृष्ट सञ्चालक र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने तयारी गरेको छ ।

सहकारी दिवस मनाउने तयारी वैठकमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, वचत तथा ऋण सहकारी संघका अध्यक्ष शेषराज रेग्मी, बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष इन्द्रमान खत्री, कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा पौडेल, वचत तथा ऋण सहकारी संघका सचिव ऋषि भुषाल, कोपअरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष सुनिता पौडेल, उपाध्यक्ष कृष्ण पौडेल, सचिव सन्दिपा पौडेल, कोषाध्यक्ष हरिप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *