एमाले नेता पौडेलको निधन प्रति पार्टीको शोक वक्तव्य

आदर्श अनलाइन, बागलुङ
जीप दुर्घटनामा परी मृत्यु हुनुभएका (नेकपा)एमाले ढोरपाटन नगर कमिटिका अध्यक्ष ऋतुवर्ण पौडेलको शव बुर्तिबाङमा अन्तिम दाहसंस्कार गरिएको छ ।

मंगलबार निसीखोला गाउँपालिका– २ मा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएका पौडेलको शवलाई नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य एवं संघीय सांसद मनकुमारी केसी, केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिराबहादुर केसी लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

यसै बीच नेकपा एमाले बागलुङले शोक वक्तव्य जारी गर्दै पौडेलको निधनले पार्टीलाई अतुलनीय क्षती पुराएको जनाएको छ । नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी र सचिव विष्णुप्रसाद शुषालद्वारा हस्ताक्षरित शोक वक्तव्यमादुःखको घडीमा सबैलाई संयमित रहन आग्रह समेत गर्नुभएको छ ।

यस्तै पार्टीका सम्पूर्ण गतिविधिहरु एक दिन बन्द गरेको, तीन दिन पार्टी कार्यालयहरुका झण्डा झुकाइने नेकपा (एमाले) बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *