काठेखोला गाँउपालिका राष्ट्रपति रनिङ शिल्डको उपाधि रेश नुन्थला मा.विलाई

रोहन जि.सी, बागलुङ
काठेखोला गाँउपालिकामा सञ्चालित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको छ । काठेखोला गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा व्यवस्थापनमा आयोजित २ दिने प्रतियोगिताको उद्घाटन काठेखोला गाँउपालिकाका अध्यक्ष अमर बहादुर थापाले गर्नुभएको थियो । थापाले यस प्रकारका प्रतियोगिताहरुले गाँउपालिका भित्र लुकेका विभिन्न विद्यार्थीहरुको प्रतिभा, सिर्जनाको विकासको लागि सहयोग पुग्ने बताउनुभएको थियो ।

रनिङ शिल्ड प्रतियोगिताको उपाधि रेश नुन्थला मा.वि काठेखोला गाउपालिका वडा नं. ७ रेशले चुम्न सफल भएको छ । रेश नुन्थलाले १२ स्वर्ण र ४ रजत पदक प्राप्त गरी उपाधि जितेको हो । प्रतियोगितामा १० स्वर्ण र १० रजत पदक प्राप्त गरी काठेखोला गाउपालिका–४ बिँहुकोट स्थित लालिगुँरास बोर्डिङ द्वितिय हुन सफल भएको छ । त्यस्तै ८ स्वर्ण र ९ रजत पदक प्राप्त गरी अमर मा.वि तेस्रो भएको छ ।

उक्त तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काठेखोला गाँउपालिकाका ९ विद्यालयको सहभागिता रहेको काठेखोला गाँउपालिकाका प्रशासन प्रमुख मनोज कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य आर्कषणको रुपमा रहेको भलिबल प्रतियोगितामा लेखानी मा.विलाई पराजित गर्दै रेश नुन्थला मा.वि प्रथम भएको हो । पुरस्कार वितरण तथा समापन कार्यक्रम मा काठेखोला गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुर्ण बहादुर कार्की, वार्ड नं. ७ का वार्ड अध्यक्ष प्रेम लामिछाने, पालिका स्तरीय कला, संस्कृति तथा खेलकूद विकास समिित संयोजक एवं प्रतियोगिताका संयोजक टिका संगम वि.क, प्रशासन प्रमुख मनोज कार्की, शिक्षा शाखा श्रोत व्यक्ति रामानान्द कंडेल लगायतले पुरस्कार वितरण सहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समापन कार्यक्रम शिक्षक डिल बहादुर कार्कीको संचालनमा सम्पन्न भएको हो । चैत्र १५ गते शुरु भएको प्रतियोगिता २ दिन सम्म सञ्चालन भएको थियो । काठेखोला गाउँपालिका भित्रका सामुदायिक र संस्थागत गरी ११ माध्यमिक विद्यालय मध्ये ९ वटा विद्यालयका करिव ४ सय प्रतियोगि सहभागी मध्ये ४३ इभेण्टमा १ सय ४ जना विद्यार्थी छनोट भई जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *