सहकारी दिवसको अवसरमा बागलुङ बजार सरसफाई


आदर्श अनलाइन, बागलुङ

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागलुङमा सरसफाई कार्यक्रम गरिएको छ ।

सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा तीन दिन सम्म सहकारी दिवस मनाउने निर्णय अनुसार पहिलो दिन बागलुङ बजारको ट्राफिक चोक देखि अस्पतालरोड सम्मको सडक सफाई गरिएको छ ।

जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाको सहकार्यमा सहकारी दिवस मनाउने निर्णय अनुसार पहिलो दिन बागलुङ बजार सरसफाई गरिएको हो । बागलुङ बजार सफाई कार्यक्रमको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले सरसफाई सामाग्री जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)लाई हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी सहकारीकर्मी, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, पत्रकार र सुरक्षार्कीहरुले बागलुङ बजारको ट्राफिक कार्यालय देखि ट्राफिक चोक हुँदै बागलुङ नगरपालिका कार्यालय, टेलिकम चोक हुँदै अस्पताल रोड सम्म सरसफाई गरेको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)जानकारी दिनुभयो ।

बजार सरसफाई संगै बागलुङ नगरपालिकाको दमकलको सहायताले बागलुङ बजारको धूलो मार्ने काम गरेको थियो ।
सहकारी दिवसको दोस्रो दिन चैत १९ गते शनिवार प्रविधिमा हुने जोखिम न्यूनिकरण (साइवर सेक्युरिटी) सम्बन्धी कार्यक्रम र दिवसको मुुख्य दिन चैत २० गते आइतवार प्रभातफेरी सहित मुल समारोह आयोजना गरिएको छ ।

नेपालमा सहकारीको शुरुवात भएको ऐतिहासिक दिन चैत २० गतेका दिन देशभर राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । २०१३ साल चैत २० गते नेपालमा पहिलो पटक सहकारी स्थापना भएको दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइन्छ । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल थिमका साथ देशभर राष्ट्रिय सहकारी दिवस मनाउन राष्ट्रिय सहकारी महासंघले आव्हान गरेको छ ।

महासंघको आव्हान अनुसार देशभरका सहकारी संघ संस्था, पालिकामा सहकारी दिवस मनाउन लागिएको छ । सरसफाई कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को धन्यवाद मन्तव्य तथा बागलुङ नगरपालिका सहकारी शाखाका प्रेम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । सरसफाई कार्यक्रममा बागलुङ बजारका सहकारीकर्मी तथा कर्मचारीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *