प्रेम स्मृतिग्रन्थ विमोचन


आदर्श अनलाइन, बागलुङ

स्वर्गिय ईन्जिनियर प्रेम थापाको नाममा प्रेम स्मृतिग्रन्ध बिमोचन गरिएको छ । बागलुङ नगरपालिका–१ घर भई नेपाल सरकारको नापी निरिक्षक जियोमिटिक्स ईन्जिनियरको रुपमा कार्यरत थापाको गत वर्ष निधन भएको थियो । प्रेम थापाको प्रथम वार्षिक पूण्य तिथिमाको अवसरमा उहाँको निवास रामरेखामा प्रेम स्मृतिग्रन्ध विमोचन गरिएको हो ।

प्रेम स्मृतिग्रन्धको बगाले थापा क्षत्रि समाज धौलागिरीका अध्यक्ष भिम बहादुर थापाले विमोचन गर्नुभएको थियो । विमोचन पछि बोल्दै थापाले प्रेमले सानै उमेरमा देखाएको सामाजिक भावनाले आफू प्रभावित भएको भन्दै थापाको अधुरा सपना पुरा गर्नुपर्ने बताउनुभयो । २०५१ जेठ ८ मा जन्मनु भएको थापाको २०७७ चैत्र १७ गते हृदयघातका कारण निधन भएको थियो ।

थापाका प्रकाशित तथा अप्रकाशित लेख, हाल सम्मका उपलव्धी तथा थापाको सामाजिक क्षेत्रमा गरेको योगदान समेटिएको प्रेम स्मृतिग्रन्थ थापाका बुबा तथा धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिन बहादुर थापाको सम्पादनमा तयार पारिएको छ । छोराको पुस्तक प्रति र सामाजिक क्षेत्रमा देखाएको लगावलाई मध्यनजर गर्दै सम्झनास्वरुप पुस्तक निकालिएको प्रा.डा थापाको भनाई छ ।

१२७ पृष्ठको प्रेमस्मृति ग्रन्धमा थापाको सामाजिक काम, अध्ययन, सरकारी सेवा तथा सुभचिन्तकहरुको लेख रचना समावेश गरिएको छ । थापाको परिवारले स्वर्गिय थापाको स्मरणका लागि दीर्घकालिन रुपमा पुस्तक प्रकाशन गर्ने योजना बनाएको छ । कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. राम प्रसाद उपाध्ययले थापाको प्रेम स्मृतिग्रन्धका विषयमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रम थापा परिवारका सदस्य दुर्गा बहादुर थापाको अध्यक्षता तथा पत्रकार थम्मन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *