पर्वतको आठथर डाँडाखर्कमा नेपाल टेलिकमको थ्रीजी सेवा सुचारु
थम्मन थापा, बागलुङ
मोवाईल सेवान हुँदा सामान्य कामको लागिपनि घण्टौं हिडेर सम्वन्धित ठाउँमा धाउनु पर्दथ्यो । सञ्चार नहुँदात्यहाँका स्थानीयले निकै कठिनाई झेल्दै आईरहेका थिए तर अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरेपछि यो समस्या हटेर गएको छ ।

कुश्मा नगरपालिका वडा नं १४ आठथर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरि टुजी र थ्रीजी सेवा सञ्चालनमाल्याए सँगै सेवाग्राही लाभान्वित भएका छन । टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका वडा नं ७ को रापु राम्जा वडा नं ८ चित्रे, आधिखोला गाउँपालिकाको अधिकांश भुभाग सँगै सिल्मी, पकुवा, आर्थर सँगै पर्वत र स्याङजाको संगम स्थलका बस्तीहरुमा कभरेज भएसँगै स्थानिय खुसी भएका हुन् ।
टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप आफ्नो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो ।

स्थानियलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजी मार्फत भ्वाईस र थ्रिजीमार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

मोवाईल सेवा सुचारु भए सँगै मोवाईल प्रयोगकर्तालाई सहजताभएको छ शर्माले भनें “त्यहाँ रहेको टावरबाट प्राविधिक हिसाबले सेवाप्रवाहमा जटिलता भएको र धेरै भुभागमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भु–भाग समेटने गरि यो टावर निर्माण गरेका हौं अहिले समस्या हल भएको छ “मोवाईल प्रयोगकर्ताको समस्यालाई मध्यनजर गरि त्यहाँका स्थानिय र जनप्रतिनिधी सँगको समन्वयमा स्थायी संरचनानिर्माण गरि मोवाईल सेवा सुचारु गरिएको शर्माको भनाई छ ।

टेलिकमले उक्त टावरमा छिट्टै अत्याधुनिक प्रविधीको चौंथो पुस्ताको फोरजी मोवाईल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजाने टेलिकमले जनाएको छ ।

भौगोलिक विकटता, उपकरणहरु पुर्याउननिकै कठिन परिस्थितीको सामनागर्दै टेलिकम सँगको सहकार्यमामोवाईल सेवा सञ्चालनगरिएको कुश्मानगरपालिका वडा नं १४ का वडा सदस्य ईन्द्र गुरुङले जानकारी दिनुभयो । पहिले डाँडाकाँडा तिर पुगेर फोन गर्नु पर्ने बाध्यताथियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न र मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन सहजभएको उनले बताउनु भयो ।

त्यस्तै टेलिकमले मोदीगाउँपालिका वडा नं ३ लाङदी देउरालीमापनि टावर निर्माण गरि सेवा सुचारु गरेको जनाएको छ । उक्त स्थानमापहिलो पटक टुजी र फोरजीमोवाईल सेवा सुचारु गरिएको नेपाल टेलिकमपर्वतकाकार्यालय प्रमुखनवराज रेग्मीले जानकारी दिनुभयो । सेवा सुचारु भएपछि भ्वाईस सँगै उच्चगतिको अत्याधुनिकप्रविधीको फोरजीमार्फत ईन्टरनेट (मोवाईल डाटा) चलाउन सहजभएको कार्यालय प्रमुख रेग्मीको भनाई छ ।

मोवाईल सेवा सञ्चालनमा आएपछि मोदीगाउँपालिका वडा नं ३ को देउराली भुरुङगी, लाङदी, पुर्णगाउँ, डाँडाकमेरे, झिलीबराङ, वडा नं ४ को लेसपार, क्याङ, खुँईजरी र वडा नं ५ को बाजुङका झण्डै १२ सय घरधुरी प्रत्यक्षलाभान्वितभएको मोदीगाउँपालिका वडा नं ३ का वडा अध्यक्ष देबेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

पहिले मोवाईलमाहल्कासिग्नलदिन्थ्यो नेटवर्क नहुँदाफोन सम्पर्क गर्न र ईन्टरनेट चलाउन साह्रै समस्याथियो टावर सञ्चालनमा आएपछि घरमै बसेर मोवाईल सेवाप्रयोग गर्न पाउँदाआफुहरु खुसीभएको स्थानिय विष्णु प्रसाद गुरुङले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *