गठबन्धन गरेर निर्वाचनमा जाने बागलुङका पाँच दलको निर्णय


आदर्श अनलाइन, बागलुङ

स्थानीयतहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निणर्य गरेका छन् ।

केन्द्रमा रहेको पाँच दलीग गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा कार्यान्वयन गरेर लैजान बागलुङका पाँच दलले शैद्दान्तिक निर्णय गरेको आज बागलुङमा पाँच दलीय गठबन्धद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी र जनता समाजवादीले बागलुङको स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत नेपाली कांग्रेसका सभापती जीत शेरचनले जानकारी दिनुभयो ।

केन्द्रको गठबन्धन अनुसार मिलेर चुनावमा जाने निर्णय अनुसार जिल्लामा सैद्दान्तिक निर्णय गरिएको नेकपा माओवादी केन्द्रका बागलुङ इन्चार्ज वलावती शर्माले बताउनुभयो ।

आज सम्पन्न पाँच दलीय बैठकले प्रत्येक पार्टीबाट दुई जनाका दरले दश जनाको उच्च स्तरीय संयन्त्र गठन गरिने र उम्मेदवार र भागवण्डाको टुङ्गो तिनै उच्चस्तरीय संयन्त्रले गर्ने नेकपा एकिकृत समाजवादीका नेता रामजी प्रसाद शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *