एमालेले चैत २४ गते वडा र २७ गते पालिकाको उम्मेदवार सिफारिस गर्ने


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङले चैत २४ गते वडा र २७ गते पालिकाको उम्मेदवार सिफारिस गर्ने भएको छ । नेकपा एमाले बागलुङको दोस्रो पूर्ण बैठकले पार्टी केन्द्रको निर्देशन अनुसार चैत २४ गते सबै वडा र चैत २७ गते पालिका स्तरमा बैठक बसी सर्वसम्मत रुपमा उमेद्वार चयन गर्ने र सर्वसम्मत हुन नसकेको खण्डमा १ जना अनिवार्य महिला सहित ३ जना सम्भावित उमेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । दोस्रो पूर्ण बैठकमा बोल्दै नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं खेलकुद इन्चार्ज लिलाबहादुर थापाले नेपालमा बामपन्थीहरुको नेतृत्व नेकपा (एमाले)ले गर्ने बताउनुभएको छ ।

नेता थापाले एमालेका विरुद्धमा गरिने गठबन्धनले एमालेलाई कुनैपनि असर नगर्ने दावी गर्नुभयो । एमालेमा प्रवेशको लहर चलेको उल्लेख गर्दै नेता थापाले अबको स्थानीय तहको निर्वाचनमा जनताको अपार मायाका साथ नेकपा (एमाले) पहिलो शक्तिको रुपमा स्थापित हुने थापाको दावी थियो ।

बैठकमा पोलिटब्यूरो सदस्य एवं संघीय सांसद मनकुमारी केसीले जिल्लाको विकासका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको दावी गर्नुभएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज गोविन्दबहादुर नेपालीले पार्टी निर्देशन अनुसार अगाडि बढ्न सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

बैठकले आसन्न स्थानीय तहको निर्वाचन लक्षित पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटि, सचिव विष्णु भुसालको संयोजक र सबै पालिकाका अध्यक्ष सम्मिलित प्रतिबद्धतापत्र तयार समिति, प्रचार विभाग प्रमुख चन्द्र गणेशको संयोजकत्वमा ५०१ सदस्यीय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

यस्तै बैठकमा १० वटा पालिका कमिटिका अध्यक्ष तथा प्रतिनीधिहरुले पार्टी गतिविधिका विषयमा रिपोर्टिङ गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *