बागलुङ नगरका १६ हजार बालबालिकालाई टाइफाइट खोप


आदर्श अनलाइन, बागलुङ

नेपाल सरकारको टाइफाइड खोप अभियान अन्र्तगत बागलुङ नगरका १६ हजार ७५३ बालबालिकालाई टाइफाइड खोप प्रदान गरिने भएको छ ।

बागलुङ नगर स्वास्थ्य शाखाले आयोजना गरेको पत्रकार अन्तरक्रिर्या अन्र्तगत टाइफाइड खोप अभियानको विषयमा जानकारी गराइएको थियो । टाइफाइड नियन्त्रण्का लागि नेपाल सरकारले अन्य खोप जस्तै नियमित खोपको रुपमा प्रदान गर्न थालेको उक्त खोप शुरुमा १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई नछुटाई खोप लगाउने बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँले यो अभियानमा १५ महिना देखि १५ वर्ष सम्मका बालबालीकालाई नछुटाई खोप लगाइने बताउनुभयो । खोप अभियानमा अभिभावकहरुले सहयोग गर्न बागलुङ नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नेपाल सरकारले चैत्र २५ देखि वैशाख १८ सम्म टाइफाइड खोप खभियान सञ्चालन गर्न दिएको समय अनुसार बागलुङ नगरपालिकामा चैत्र २५ देखि ३० गते सम्म अभियान सञ्चालन हुँने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका निनियर अहेव अधिकृत नारायण शर्माले जानकारी दिनुभयो ।
नगरपालिकाको १०३ विद्यालय र ७३ खोप केन्द्रमा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने छ । शुरुमा विद्यालयमा खोप अभियान सञ्चालन गरिने छ भने विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई अन्तिम दिन खोप केन्द्रमा टाइफाइड बिरुद्धको खोप लगाइन छ ।

खोप अभियानका लागि २१९ स्वास्थ्यकर्मी परिचालन गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड रोग धेरै लाग्ने भएकाले खोप अधियान सञ्चालन गर्न थालिएको हो । अभियान समापन पछि बालबालिका १५ महिनाको हुँदा अन्य नियमित खोप जस्तै नियमित रुपमा टाईफाइड बिरुद्धको खोप लगाइने छ । कोरोना विरुद्धको खोप लगाएको १५ दिन पछि मात्रै उक्त खोप लगाउन मिल्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *