नेपाल डे परेडको तयारी पुरा

आदर्श अनलाइन, क्यालिफोर्निया

नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको ‘नेपाल डे’को तयारी पुरा भएको छ ।

गैरआवासिय नेपाली संघ (एनआरएनए) संयुक्त राज्य अमेरिका वेस्ट कोस्ट क्षेत्र समितिको क्यालिफोर्निया च्याप्टरले विभिन्न संघ संस्थासँगको सहकार्यमा आयोजना गर्न लागेको कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ । अप्रिल ९ तारिक शनिबारको दिन विहान ११ बजे सान् फ्रान्सिस्कोको फेरी बिल्डिंगबाट परेड सुरु भएर सिभिक सेन्टरको यु एन प्लाजामा पुगेर कोण सभामा परिणत हुने आयोजकको भनाई छ ।

कार्यक्रममा अमेरिकाका विभिन्न राज्य तथा र क्यालिफोर्नियाका विभिन्न सहरहरुबाट नेपालीहरुको सहभागिता रहने आयोजक समितीका संयोजक एवं एनआरएनए अमेरिका पश्चिम तटीय क्षेत्रका क्षत्रीय अध्यक्ष श्रीराम थापाले जानकारी दिनुभयो ।

क्यालिफोर्निया बाहिरबाट कार्यक्रममा सहभागी हुन आउनेहरुको लागि आयोजकले होटलको व्यवस्था गरेको कार्यक्रमका हस्पिटालिटि एण्ड मेनेजमेन्ट संयोजक रवि सिंह बस्नेतले बताउनुभयो ।

कार्यक्रममा सहभागी संघ संस्थाले आफ्नो समुदाय अनुसार विभिन्न जातजाति, भाषा, धर्म र संस्कृती झल्काउने झाँकी र भेषभुषा सहित परेडमा सहभागी हुने कार्यक्रमका संघ संस्था संयोजन समितीका संयोजक उत्तम कार्कीले जानकारी दिनुभयो ।

सोही साँझ सान् फ्रान्सिस्कोकै युनाईटेड आईरिस कल्चर सेन्टरको हलमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ। उक्त कार्यक्रममा भ्वइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, दोहोरी गायक मिलन लामा, गायिका संगिता थापा मगर, गायक उदय भट्टराई लगाएत र अन्य स्थानिय कलाकारले प्रस्तुती दिने सांस्कृतिक कार्यक्रमका संयोजक निर्मल फुयांलले बताउनुभयो । साँस्कृतिक कार्यक्रमको टिकट www.thingsnepali.com बाट अनलाईन काट्न सकिने कार्यक्रमका आई टी एवं डिजाईनिंग संयोजक अभिषेक ज्ञवालिले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *