चैत्राष्टमी मेला सुरु, चैते दशैँ बागलुङको पहिचान हो : मन्त्री बुढा

आदर्श अनलाइन, बागलुङ
चैतेदसैँको अवसर पारेर बिहीबारदेखि बागलुङ कालिका मन्दिरमा चैत्राष्टमी मेला सुरु भएको छ । बागलुङ कालिका भगवती गुठीको आयोजनामा आजदेखि शुरु भएको मेला गण्डकी प्रदेश सरकारका भूमि कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्र बहादुर बुढाले उद्घाटन गर्नुभएको छ ।

मेलाको उद्घाटन गर्दै मन्त्री बुढाले चैते दशै बागलुङको पहिचान भएको बताउनुभयो । मन्त्री बुढाले चैते दशै भन्दा साथ बागलुङ र बागलुङ कालिका स्मराण् हुँने बताउदै बागलुङको ऐतिहासिक मेला भएकाले यसलाई सधै बचाएर रराख्नुपर्ने बताउनुभयो । चैत्राष्टमी मेला र चैते शदैले बागलुङमा आन्तरिक पर्यटक भित्राएको र केही आर्थिक कारोवारमा समेत वृद्धि गर्ने बताउनुभयो ।

“बागलुङको पहिचानसंग जोडिएको चैतेदशै यहाँको संरक्षित मेला हो, जस्ले बागलुङको धार्मिक तया पर्यटनको विकासमा टेवा पु¥याएको छ” मन्त्री बुढाले भन्नुभयो “मेलाका कारण यहाँको आर्थिक विकास समेत हुँनेछ ।”

पर्यटनको प्रवद्र्धन, संस्कृतिको संरक्षण र परम्पराको निरन्तरता दिन मेला आयोजना गरिएको उहाँले बताउनुभयो । बागलुङ कालिका मन्दिर परिसरमा परम्पराकालदेपखनै चैतेदशै मेला लाग्ने र घरेलु उत्पादनको खरिदविक्रि हुँने गर्दथ्यो । तर पछिल्लो समय मेलामा घरेलु उत्पादनको व्यापार घटेको छ ।

बिहीबार देखि सुरु हुने मेला यही चैत २८ गतेसम्म चल्ने छ । मेलामा रु. ५३ लाख खर्च हुने आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । चैतेदशै शुरु भएपछि बागलुङ बजारमा चहलपहल बढेको छ भने बागलुङ कालिका भगवती मनिदर दर्शन गर्नेको भीड नै लागेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *