भिमापोखराको वडा अध्यक्षमा एमालेबाट विद्यापती सर्वसम्मत

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेले काठेखोला गाउँपालिका–२ भीमापोखरामा विद्यापति शर्मालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार आयोजित नेकपा एमाले काठेखोला–२ भीमापोखरा वडा कमिटीको बैठकले वडा अध्यक्ष समेत रहनुभएका शर्मालाई पुनः सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरेको हो ।

नेकपा एमाले काठेखोला गाउँ कमिटीका सचिव समेत रहनुभएका शर्मा २०७४ सालको स्थानीय तहको निर्वाचनबाट भीमापोखरामा वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले ९६२ मत प्राप्त गरि निर्वाचित हुनुभएको थियो ।

वडा अध्यक्षको लागि ११ जनाले आकांक्षा व्यक्त गरेपनि शर्मालाई सर्वसम्मत चयन गरिएको वडा कमिटीका अध्यक्ष नारायणदत्त रेग्मीले बताउनुभयो । उहाँले ४ सदस्यीय वडा सदस्य पदमा १२ जनाको आकांक्षा रहेकोले सर्वसम्मतको लागि छलफल भइरहेको बताउनुभयो ।

भेलामा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य डिल्लीराज गौतमले स्थानीय तहको सम्वृद्धि र विकासको लागि नेकपा एमाललेलाई विजयी गराउनुपर्ने बताउनुभएको थियो ।

भेलामा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिनारायण गौतम, अनेम संघका केन्द्रिय सदस्य गंगा कुमारी शर्मा, जिल्ला कमिटी सचिवावलय सदस्य एवं काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँकमिटीका सचिव एवं वडाअध्यक्ष विद्यापति शर्मा, जिल्ला कमिटी सदस्य प्रेम बहादुर केसी, खिम बहादुर कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोला गाउँ कमिटीका सचिव विक्रम शर्मा लगायतले बोल्नुभएको थियो ।

वडा कमिटीका अध्यक्ष नारायणदत्त रेग्मीको अध्यक्षतामा सम्पन्न भएको भेलाको स्वागत उपसचिव भिम किसान र संचालन सचिव ऋषिराम शर्माले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *