जिल्ला स्तरीय बाल क्लबको अध्यक्षमा गलकोटका परियार चयन

यमुना सुनार, बागलुङ
प्रशिक्षार्थी
जिल्ला स्तरीय बाल क्लबको अध्यक्षमा गलकोटका रोशन परियार चयन हुनु भएको छ । बिहीबार बागलुङमा भएको जिल्ला भेलाबाट परियारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा जैमिनीका मौसम पौडेल, सचिवमा बडिगाडकी सृजना के.सी, सह–सचिवमा बरेङकी स्मृति पुन, कोषाध्यक्षमा काठेखोलाकी विपिन वि.क चयन हुनु भएको छ । समितिको सदस्यहरुमा काठेखोलाबाट प्रमिशा गौतम, गलकोटबाट सुरक्षा गौतम, ताराखोलाबाट जेनिशा नेपाली, बरेङबाट सन्दीप गुरुङ, बडिगाडबाट अस्मिता गुरूङबाट रोशन ढुङ्गाना र बागलुङ नगरपालिकाबाट बुद्धबहादुर कार्की रहनु भएको छ ।

भेलामा जिल्लाका सात गाउँ तथा नगरपालिकाबाट बालबालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिका क्लव गठनका प्रदेश प्रमुख बद्री प्रसाद वाग्ले, जिल्ला समन्वय अधिकारी कृष्ण राज गौतम, सामाजिक विकास कार्यालय म्याग्दीका कार्यलय प्रमुख रमेश थापा, प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर राना लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।

कार्यक्रमममा बोल्ने वक्ताहरुले बालबालिकाहरुको हक अधिकार र नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्व सुनिश्तताका विषयमा जोड दिएका थिए । समाजमा रहेका बालबालिकालाई हरेक समाजिक कार्यक्रममा सहभागिता गारउनु पर्ने र अग्रसर बताउनु पर्ने उनीहरुको भनाई थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *