प्रेस चौतारीको आयोजनामा सञ्चार माध्यमको बजार व्यवस्थापन तालिम

आदर्श अनलाइन, बागलुङ

जिल्लामा रहेको सञ्चार गृहलाई सबल बनाउने उद्देश्यले सञ्चार संस्थाको बजार व्यवस्थापन तालिम गरिएको छ । प्रेस चौतारी बागलुङको आयोजना तथा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सहयोगमा एक दिने बजार व्यवस्थापन तालिम सम्पन्न गरिएको छ ।

तालिम उद्घाटन पछि बोल्दै बागलुङ नगर प्रमुख जनकराज पौडेलले तालिममा सिकेका सिपलाई व्यवहारिक जीवनमा उतार्नु पर्नेमा जोड दिनुभयो । उहाँले बजार व्यवस्थापन बिना सञ्चार माध्यम सवल बन्न नसकने बताउनुभयो ।उहाँले बजार व्यवस्थापन महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै मेहनत गर्नेहरुको लागि सञ्चार क्षेत्रमा राम्रो संभावना रहेको बताउनुभयो ।

तालिममा कार्यक्रममा आदर्श सञ्चार सहकारीका सम्पादक तथा पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राम बहादुर जिसी, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतम, पत्रकार तारानाथ आचार्यले सञ्चार माध्यमको वित्तिय व्यवस्थापन, बजार व्यवस्थापनको विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतम, पूर्व अध्यक्ष राम बहादुर जिसी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तारानाथ आचार्य, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, प्रेस संगठन गण्डकी प्रदेश उपाध्यक्ष राम थापा, प्रेस युनियन बागलुङका उपसभापति संगम घर्तिले शुभकामना मन्तव्य व्यक्त व्यक्त गर्नुभएको थियो ।

प्रेस चौतारी बागलुङका अध्यक्ष नविन शिशिर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सिर्जना पन्त र सञ्चालन सह–सचिव अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *