रघुगंगा गाउँपालिका-२ को वडा अध्यक्षमा २३ वर्षीया युवती

आदर्श अनलाइन, म्याग्दी
अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतिको वडा अध्यक्षमा रन्जना श्रेष्ठले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

सामाजिक संघ संस्थामा सक्रिय श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आईतबार वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पाचँ वर्षभित्र सुधार गर्नुपर्ने कामहरु सार्वजनिक गर्दै २३ वर्षीया श्रेष्ठले उम्मेद्वारी सार्वजनिक गरेकी हुन् । म्याग्दी बहुमुखि क्याम्पसमा स्नातक तहमा अध्ययनरत श्रेष्ठले भगवतिमा शैक्षिक रुपान्तरणका लागि स्वतन्त्र उम्मेदवारी रहेको घोषणा पत्रमा उल्लेख छ ।

कुनैपनि सन्तानको शिक्षाको चिन्ताले गाउँ छोडेर बसाँईसराई गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र भगवतिको समयानुकूल विकासका लागि अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।

लामो समयसम्मसामाजिक कार्यमा आवद्ध रहेर सिकेको ज्ञान र सिपलाई उचित प्रयोग र सहकार्य गरेर भगवतिको सन्तुलित विकास गर्ने प्रतिवद्धतासहित राखु भगवतीबासीलाई भोटको अपिल फेसबुकमार्फत गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *