असिनाले प्वाल पार्ने विद्यालयको कस्तो छानो ?

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–७ स्थित गौरी शंकर प्राथमिक विद्यालयको छाना असिनाले प्वाल पारेको छ ।

शनिबार परेको असिनाले विद्यालयको छाना प्वाल परेर विद्यालयमा क्षती पुगेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा २०७६ सालमा निर्माण गरेको विद्यालयको युपिभिसी छाना प्वाल पारेर पठन पाठमानमा समस्या भएको छ । असिनाले प्वाल पार्ने छानाको गुणस्तरमा समेत पश्न चिन्ह खडा भएको छ ।

२०७६ सालमा भुकम्प पुनःनिर्माण प्राधिकरण बागलुङले २४ लाखको लागतमा उक्त भवन निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताउनुभयो ।

‘ग्यारेन्टी छ भन्ने सुनेको थिए, त्यस नम्बरमा फोन गर्दा लाग्दैन, लुम्बिनि इन्जिनियरिङबाट सामान खरिद गरिएको थियो’ पौडेलले भन्नुभयो ‘दुई कोठामा क्षती पु¥याउदा पठन पाठनमा समस्या भएको छ ।’ असिनाले प्वाल पार्ने छानाको गुणस्तर राम्रो नभएको विद्यालयले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *