२७ वर्षीय युवा गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस

आदर्श अनलाइन, कञ्चनपुर
नेकपा (एमाले) ले कञ्चनपुर बेल्डाडीले पालिका प्रमुखमा २७ वर्षीय स्ववियु सभापतिको नाम सिफारिस गरेको छ । आज बसेको एमालेको बैठकले पालिका प्रमुखका लागि २७ वर्षीय इन्द्र पौडेलसहित सात जनाको नाम सिफारिस गरेको हो । पौडेल इन्जिनियर समेत हुन् ।

विद्यार्थी राजनीतिक मा सक्रिय उनी पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका स्ववियु सभापति समेत हुन् । उनी अहिले अहिले अनेरास्ववियुको सचिवालय सदस्य छन् । सिफारिस हुनेहरूमा २०७४ को स्थानीय निर्वाचनमा विजयी पालिका अध्यक्ष धनबहादुर थापा समेत रहेका छन् ।

यस्तै गणेश उपाध्याय, अक्कल विष्ट, कमल रोकाया, कमला कार्की, भीमबहादुर थापा र लक्षण भाँटको नाम पनि सिफारिस भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *