चैते दसैं मेला सकियो

आदर्श अनलाइन, बागलुङ

ऐतिहासिक चैते दसैं मेला सकिएको छ । बिहिबार देखि शुरु भएको चैतेदशैं मेला सोमबार समापन गरिएको छ ।

मेलाको समापन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले नेपालकै पुरानो मेलाका रुपमा रहेको चैते दशैं मेलाले पर्यटन प्रर्बद्धनमा टेवा पु¥याएको बताउनुभयो । उहाँले चैते दशंै मेला नेपालकै प्रशिद्ध मेला भएको बताउनुभयो ।

“नेपालमा धेरै पर्यटकहरु धार्मिक हुन्छन्, धार्मिक सम्पदाहरुका कारण नेपालमा धार्मिक पर्यटकहरु आएका छन्” कंडेलले भन्नुभयो “चैते दशै मेलाले आर्थिक कारोवार संगै पर्यटकीय पर्वद्धन गरेको छ ।”

समापन कार्यक्रममा कालिका कप भलिवल, लोक दोहरी लगायतको पुरस्कार समेत वितरण गरिएको थियो । कालिका कप खुल्ला भलिबल प्रतियोगिताको उपाधी मोटरहेड छन्त्याल संघ नेपालले उचाल्न सफल भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *