एमालेका उम्मेदवार : जैमिनी र ताराखोलामा सर्वसम्मत अन्यमा छलफल


आदर्श अनलाइन, बगलुङ
थानीय तह निर्वाचन मिति नजिकिएसंगै उम्मेदवार टुङ्गो लगाउन दलहरुले सक्रियता देखाएका छन् । बागलुङमा पाँच दलीय गठबन्धनले उम्मेदवारहरुको छलफल मात्रै गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उम्मेदवारीहरुको सिफरिस गर्न थालेको छ । एमालेले पालिका प्रमुखका आकांक्षीहरुको छनोटका छलफललाई तिब्रता दिएको छ । बागलुङ एमालेले केही स्थानबाट सर्वसम्मत उम्मेदवारी सिफासिर गरेको छ भने केही पालिकाबाट प्रमुख आकांक्षीहरुको नाम सिफरिस गरेको नेकपा एमाले बागलुङका सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।

एमालेले जिल्लाको जैमिनी नगरपालिकामा एमालेबाट नगरप्रमुख र उपप्रमुख दुवै पदका लागि एक–एक जना सर्वसम्मत छनोट गरेको छ । नगर प्रमुखका लागि अहिलेका नगर उप प्रमुख लिला राना र उपप्रमुखको उमेद्वारका लागि यमुना शर्माको सर्वसम्मत सिफारिस गरिएको छ । जिल्लाको ताराखोला गाउँपालिकामा एमालेबाट पालिका अध्यषमा ऋषिराम रोकाको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

यस्तै एमालेले काठेखोला गाउँपालिकाबाट भने अध्यक्षमा चार र उपाध्यक्षमा दुई जनाको नाम नामहरु सिफरिस गरेको छ । बहालवाला अध्यक्ष अमर थापा, पार्टीको पालिका कमिटीका अध्यक्ष डिलबहादुर कार्की, प्रदेश कमिटी सदस्य हुमकुमारी जिसी अञ्जु र युवा नेता खिमानन्द कँडेलको नाम सिफारिस गरेको छ । यस्तै उपाध्यक्षमा पूर्व जिल्ला कमिटि सदस्य गंगाकुमारी शर्मा र जिल्ला सदस्य मिनाकुमारी कँडेल सिफरिस गरिएको छ ।

यस्तै बागलुङ नगरपालिकामा धेरैले आकांक्षा व्यक्त गरेपछि छलफलकै क्रममा रहेको छ । बागलुङ नगरपालिका प्रमुखमा एमाले जिल्ला कमिटीका उपसचिव गणेश थापा, प्रदेश कमिटीका सदस्यहरु गीता शर्मा, कुमार खड्का, नगर कमिटीका अध्यक्ष धन बहादुर परियार, बहालवाला वडा नं. ५ का अध्यक्ष शिव सापकोटाले आकांक्ष व्यक्त गरेपनि सिफारिस भने भइसकेको छैन ।

यस्तै बागलुङ जिल्लाकाको अन्य पालिकामा उम्मेदवार छनौटलाई तिब्रता दिइएको छ । एमालेले बडिगाड गाउँपालिकामा चार वटा वडा, निसीखोलाको २ वटा वडा, गलकोट नगरपालिकाको ६ वटा वडा, जैमिनीको २ वटा वडा, बागलुङ नगरपालिकाको २ वटा गरी हाल सम्म १६ वडामा सर्वसममत उम्मेदवार छनौट गरेको भुषलले बताउनुभयो । केन्द्रिय निर्देशन अनुसार बुधबार सम्म सवै पालिका र वडाको उम्मेदवार टुङ्गो लगाइसक्नुपर्ने छ । बुधबार अबेर सम्म सबै उम्मेदवार सिफरिस गर्ने योजनामा एमाले बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *