बागलुङमा नयाँ वर्ष विशेष मेला

रोहन जि,सी, बागलुङ

बागलुङमा लाग्ने प्रसिद्ध ऐतिहासिक चैत्राष्टमी मेला सकिए लगत्तै नयाँ वर्ष विशेष मेला कार्यक्रम २०७९ रमाइलो मेला संचालन हुने भएकोछ ।

गुठी युनाइटेड क्लब बागलुङले नयाँ वर्ष २०७९ भव्य रूपमा मनाउनको लागि ३ दिने रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने रमाईलो मेला बागलुङ नगरपालिका १ बाङ्गेचौरमा हुने भएको छ ।

नयाँ वर्ष २०७९ बैशाख १ गतेदेखि ३ गतेसम्म विविध सांस्कृतिक कार्यक्रम, लोक दोहोरी गीत कार्यक्रममा स्थानीय देखि राष्ट्रिय कलाकारलाई बागलुङ ल्याउने कार्यक्रम तय गरेको गुठी युनाइटेड क्लब बागलुङका सचिव रोशन जि।सीले जानकारी दिनुभयो ।

बैशाख १ गते सृजना खत्री, रवि कार्की, ध्रुव जिसी, सुवास खत्री, कृष्ण अखेली, सुजन क्षेत्री, वर्षा क्षेत्री, रिना केसी, गणेश पौडेल, बैशाख २ गते रमेश राज भट्टराई, कमल खत्री, कृष्ण सुवेदी, विजय पुन, सुनिता नेपाली, सज्जन कुमार सिंह र बैशाख ३ गते चर्चित गायक प्रमोद खरेल, रूपा घर्ती, सुमन खड्का, सन्तोष बस्याल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, जीवन दाहाल, सुमन केसी लगायत राष्ट्रिय तथा स्थानिय कलाकारकोे प्रस्तुति रहने आयोजक कमिटिका रोहित खड्काले बताउनुभयो ।

मेलामा रमाइलोको लागि मनोरञ्जनका लागि खेल सामग्री तथा रमाइलो मेला राखिनुका साथै १०० वटा भन्दा बढी ब्यापारी स्टल राखिएको आयोजक कमिटिका नरेन खत्रीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *